खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३० गते । मन्त्रीपरिषद बैठकले कार्यविभाजन नियमावली स्वीकृत गरेको छ ।
नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ लाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ु मा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ।

साथै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका माननीय सदस्यहरू सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन र भूमि सम्बन्धी (एकाइसौँ संशोधन) नियमहरू, २०८३ लाई बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।




