हेटौँडामा पाँचदिने योग विज्ञान शिविर हुने

लोकप्रिय

हेटौँडा, वैशाख ३० गते । महिला पतञ्जली योग समिति मकवानपुरको आयोजनामा हेटौँडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
शिविर आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म हेटौँडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्रचौर) मा प्रत्येक बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिने भएको हो ।
पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा आधुनिक जीवनशैली, तनाव र अव्यवस्थित खानपानका कारण नसर्ने रोग तीव्र रूपमा बढिरहेको अवस्थामा योगको महत्व बढ्दै गएको शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष थापाले पतञ्जली योग समिति मकवानपुरले विगत २०६४ सालदेखि जिल्लामा निःशुल्क योग अभियान सञ्चालन गर्दै आएको भन्दै शिविरमा मुख्य प्रशिक्षकका रूपमा महिला पतञ्जली योग समिति नेपालका अध्यक्ष साद्वी देवादिति रहनुहुने बताउनुभयो ।
आयोजकका अनुसार योगमार्फत स्वस्थ जीवनशैली, मानसिक शान्ति र सकारात्मक सोच विकासमा सहयोग पुग्ने छ ।
शिविर हेटौँडा उपमहानगरपालिका वडा नं ४ कार्यालयको सहकार्यमा सञ्चालन हुन भएको छ ।

ताजा समाचार

Related Articles