महासंघका नवनिर्वाचित टोलीसँग छलफल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३० गते । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) र नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) बागमती प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यबिच छलफल कार्यक्रम सम्पन्नभएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघसंग सहकार्य गरेर अघि बढ्ने, नेउवामहासंघ बागमती प्रदेशको भवन हेटौँडामा बनाउने लक्ष्य रहेको भन्दै मउवासंघले आयोजना गर्ने मेलामा सहकार्य रहने र नापतौल कार्यालय हेटौंडामा राख्न पहल गर्ने बताउनुभयो । नेउवामहासंघका केन्द्रीय कार्यसमिति सदस्य कृष्ण कटुवालले आगामी २०८३ सालको मंसिर पुषतिर मउवासंघले गर्ने महोत्सवलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

छलफलका कार्यक्रममा मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले महासंघमा जिल्ला नगरको समस्या तत्काल सम्बोधन गर्न हेल्प डेस्कको स्थापना आवश्यक रहेको भन्दै सबैले मेला गर्ने प्रवृत्ति बढेकाले विकृति आउनसक्ने भएकाले जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुले मात्र मेला महोत्सव गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश राजधानी हेटौँडामा हालसम्म नापतौल कार्यालय नभएकोले नापतौल कार्यालय स्थापना गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, वरिष्ठ उपाध्यक्ष दिपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

ताजा समाचार

Related Articles