खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३० गते । नेपाल शिक्षक सङ्घ मकवानपुरले सङ्घको ३७ औँ स्थापना दिवसको अवसरमा खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
सङ्घका जिल्ला कार्यसमिति मकवानपुर अध्यक्ष गणेश हुमागाईंको अध्यक्षतामा बुधबार एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिका १० गोरक्षधामस्थित संस्कृत वेद विद्यालयका वटुकहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको हो ।

स्थापना दिवशको अवसरमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुवासचन्द्र कंडेलले चार हजार रुपियाँ बराबरको खाद्यान्न सौजन्य गर्नुभएको थियो।




