हेटौँडामा नेवाः फुड फेस्टिबल हुने

लोकप्रिय

हेटौँडा, जेठ ७ गते । नेवाः फुड फेस्टिबल सङ्गमचोक समिति, हेटौँडा २ को आयोजना तथा हेटौँडा उपमहानगरपालिका र हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयको सहयोगमा नेवाः फुड फेस्टिबल तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेभएको छ ।
यही जेठ १५ गतेदेखि तीन दिनसम्म फुड फेस्टिबल आयोजना गर्न लागेको समितिले बिहीबार हेटौँडामा पत्रकार सम्मेलनको गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनका हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले नेपालका विभिन्न समुदाय र संस्कृतिको संरक्षणका क्रममा नेवार समुदायको खानपान, भेषभुषा र रहनसहनको संरक्षण एवं प्रवद्र्धनका लागि नेवाः फुड फेस्टिबल आयोजना गर्न लागेका जानकारी दिनुभयो ।

उहाँले नेवाः फुड फेस्टिबलले नेवाः सभ्यता, कला र संस्कृतिको संरक्षणमा सहयोगसँगै आन्तरिक पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
यस्तै आयोजक नेवाः फुड फेस्टिबल समितिका संयोजक अनिलकृष्ण खड्गेले हेटौँडामा पहिलो पटक हुन लागेको नेवाः फुड फेस्टिबलमा नेवारी खानाका विभिन्न परिकारका स्टलहरुसँगै मनोरञ्जनात्मक कार्यक्रम हुने बताउनुभयो ।
नेवाः फुड फेस्टिबलको अन्तिम दिन जेठ १७ गते नेवारी भोज खुवाउने कार्यक्रम रहेको भन्दै उहाँले महोत्सवमा ३० वटा स्टल रहने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले महोत्सवले नेवाः संस्कृति र परम्पराको संरक्षणका लागि सहयोग पुग्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles