प्रदेश सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रदेश सभामा प्रस्तुत गरिने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ११ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बागमती प्रदेश सभामा प्रस्तुत गरिनेभएको छ ।
मङ्गलबार साँझ ५ः०० बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।
सोमबारबाट सुरु भएको प्रदेश सभाको १८ औँ अधिवेशनको बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख अपसरा चापागाईँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको हो ।
उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मङ्गलबारको बैठकमा निर्धारित समयभन्दा १५ मिनेट अगावै औपचारिक पोशाकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिनुभयो ।

यसैबिच बागमती प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम पारित गरेको छ ।
प्रदेश सरकारको सोमबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको प्रदेश ससरकार प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । बैठकले दुई वटा विधेयक मन्त्रीपरिषद्को समितिमा थप छलफलका लागि पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारको सोमबार साँझ यहाँ बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक र प्रदेशको विद्युत् विकास गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रीपरिषद्को समितिमा पठाउने निर्णय गरेको हो ।
यस्तै बैठकले कृषि सहुलियत कर्जा व्याज अनुदान कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि २०८३ को मस्यौदा र प्रदेश जनसङ्ख्या नीति मन्त्रीपरिषद् समितिमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो ।

ताजा समाचार

Related Articles