खासकुरा सवाददाता
हेटौँडा, जेठ ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले तीन तहको सरकारको सहअस्तित्वलाई संघीय सरकारले बेवास्ता गरेको बताउनुभएको छ
बागमती प्रदेश सभाको सोमबारबाट सुरुभएको १८ औँ अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
संघीय सांसदको स्वकीय सचिव रहने र प्रदेश सभाका सदस्यको नरहने यो विभेद भयो भन्दै संघमा पनि नरहने हो भने हामीले प्रदेश सभाको नियमावली संशोधन गरेर उक्त व्यवस्था खारेज गर्ने छौ । होइन भने विभेद हुँदैन, यो संविधान त्यस्तो विभेदकारी व्यवस्था नरहेको बताउनुभयो ।
संघीय संसदमा आएको नयाँ परिणामले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थाप्रति उदाशिनता देखाएको हो कि भन्ने हामीले महशुस गरेका छौ उहाँले भन्नुभयो, तीन तहको सरकारको समन्वय, सहकार्य र सहअस्तित्वलाई अहिलेको संघीय सरकारले बेवास्ता गरेको बागमती प्रदेश सरकारलाई महशुस भएको छ ।
उहाँले भन्नुभयो, लोकतन्त्र, गणतन्त्र र संघीयता गरिबको व्यवस्था हो गरिबलाई गरिखाने अवस्थामा पु¥याउन वातावरण बनाउने व्यवस्था हो ।
मुख्यमन्त्री बानियाँले अबको नीति कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकता र बजेट संसदको साझा विषय भएको भन्दै सबैले स्वामित्व ग्रहण गर्ने गरी आगामी बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो यो गरिबको व्यवस्था हो गरिबलाई लक्षित गरेर आगामी बजेट आउने छ । समान दृष्टिकोण, समान भाव राखेर ६६ वटा प्रदेश निर्वाचन क्षेत्रमा गौरवका योजना, शिक्षा स्वास्थ्यमा खानेपानी, सडकलगायतका क्षेत्रलाई समेटेर बजेट ल्याइने छ ।
उहाँले सरकारले जुन गतिले जेनजी आन्दोलनपछि काम गर्नुपर्ने हो त्यो नभएको भन्दै जेनजी आन्दोलनका क्रममा आगजनी र ध्वङ्स गर्ने काम भयो र क्षति भएको संरचनाकाबिच क्षतिपछिको पुनर्निर्माण गर्दै सरकारले काम गरिरहेका बताउनुभयो ।




