गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

लोकप्रिय

लेखनाथ, जेठ १९ गते । पर्यटनीय राजधानी पोखरामा आवश्यक पूर्वाधार निर्माण र पर्यटन प्रवर्धनलाई केन्द्रीत गरी गण्डकी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ ।

मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा आर्थिक वर्ष २०८३-२०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी वर्ष एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने भएको छ । लेकसाइड सराङकोट पोखरा चक्रपथ आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

पोखराको चङ्खपुरदेखि मर्दीबगरसम्म पर्यटकीय आकर्षणको रूपमा रिभरफ्रन्ट विकास गर्नुका साथै पातालेछाँगो क्षेत्रमा स्काइ वाकको व्यवस्था गर्ने नीति लिइएको छ । प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न घुमौँ गण्डकी र एक पालिका, एक गन्तव्य कार्यक्रम सञ्चालन गरिने भएको छ । दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र वेणीधाम जस्ता महत्वपूर्ण धार्मिक स्थल जोड्ने गरी धार्मिक सर्किट विकास गर्ने सरकारको नीति छ ।

गण्डकीका हिमचुलीहरुको प्रवद्र्धनका लागि नेपाल सरकार र सरोकारवाला निकायसँग सहकार्य गर्ने र अन्तरदेशीय सिधा हवाई उडान विस्तारका लागि पहल गर्ने नीति लिइने भएको छ । गोरखा दरबारदेखि हनुमानढोकासम्म फूलपाती पदमार्ग निर्माणका लागि बागमती प्रदेशसँग समन्वय गर्ने गण्डकीको नीति छ । छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटकको सङ्ख्या आगामी पाँच वर्षभित्र दोब्बर बनाउने लक्ष्य लिइएको छ ।

ताजा समाचार

Related Articles