खासकुरा संवाददाता
हेटौँडा, जेठ २२ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा हेटौँडामा तीन दिने बागमती प्रदेश मिडिया सम्मेलन सुरुभएको छ ।
सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सञ्चारकर्मीले सत्यतथ्य समाचार लेख्नुपर्ने बताउनुभयो । सञ्चारकर्मीले पक्षधरता लिन नहुने भन्दै उहाँले प्रदेश सरकारले सञ्चारमैत्री भएर काम गर्ने बताउनुभयो । उहाँले नेता र जनप्रतिनिधिले कमजोरी गरेमा पाँच वर्षमा मतबाट परिवर्तन गर्न सकिने बताउनुभयो ।

पत्रकार महासंघका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायतले बोल्नुभएको थियो । सम्मेलनमा सञ्चार क्षेत्रका वर्तमान अवस्था र समस्याका बारे छलफल हुने छ ।




