काठमाडौँ, जेठ ३० गते । फिफा विश्वकप–२०२६ मा सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनासँग बराबरी खेल्दै अङ्क बाँडेको छ । समूह ‘बी’अन्तर्गत टोरन्टो स्टेडियममा शुक्रबार राति भएको खेलमा क्यानडा र बोस्निया हर्जगोभिनाले १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता बोस्निया हर्जगोभिनाले लिएको थियो ।

२१औँ मिनेटमा जोभो लुकिकले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । त्यसपछि जोसिएको क्यानडाले दोस्रो हाफको मध्यतिर पुगेर बराबरी गोल गरेको थियो । क्यानडाका लागि साइल लारिनले ७८औँ मिनेटमा गोल गर्नुभयो ।

उहाँ बैकल्पिक खेलाडीको रूपमा तीन मिनेट अगाडि मात्र मैदान प्रवेश गर्नुभएको थियो । पहिलो बराबरीसँगै दुवै टोलीले एक एक अङुक बाँडेका छन् । यस समूहमा कतार र स्विट्जरल्यान्ड पनि रहेको छ ।




