अस्ट्रेलियाको विजयी सुरुवात

लोकप्रिय

काठमाडौँ, जेठ ३१ गते । अस्ट्रेलियाले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलले हरायो । टर्कीमाथि एकपक्षीय प्रदर्शन गरेको अस्ट्रेलियालेले २७औँ मिनेटमा नेस्टोरी इरानकुन्डा र ७५औँ मिनेटमा कोनर मेटाकाल्फले गोल गर्नुभयो । पहिलो जितसँगै अस्ट्रेलियाले तीन अङ्क बनाएको छ ।

टर्कीले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहका आयोजक अमेरिकाले पनि तीन अङ्क बनाएको छ । अमेरिकाले पारावेलाई ४–१ गोलले हराएको थियो । यस्तै समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा कतार र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले लिएको थियो ।

१७औँ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । तर दोस्रो हाफको इन्जुरी समयमा स्विट्जरल्यान्डका मिरो मुहेमको प्रहार आत्मघाती गोलमा परिणत भएपछि कतारको खुसी चुलिएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । यसअघि यसै समूहको पहिलो खेलमा क्यानडा र बोस्निया हर्जगोभिनाले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका  थिए ।

ताजा समाचार

Related Articles