नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

लोकप्रिय

काठमाडौँ, असार ३ गते । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ स्थित जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी बिना कुमारी राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राईले कक्षा आठ र एसएलसीको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र झुट्टा तथा नक्कली शैक्षिक योग्यता प्रमाणपत्रहरु पेस गरी लाभ तथा सरकारी सेवा सुविधासमेत प्राप्त गरेको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजलाई कैद र जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

ताजा समाचार

Related Articles