भक्तपुर अस्पतालमा घुँडाको प्रत्यारोपण सफल

लोकप्रिय

भक्तपुर, असार २२ गते । बागमती प्रदेशअन्तर्गतको भक्तपुर अस्पतालले मेरुदण्ड भाँचिएका (स्पाइनल फ्र्याक्चर ) एक बिरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले क्रमशः जटिल ट्रमा उपचार सेवामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै गएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाका अनुसार ४२ वर्षीय एक पुरुष बिरामीको स्पाइनल स्टेबिलाइजेसन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो । दुर्घटनाका कारण ढाडमा गम्भीर चोट लागेपछि उहाँ उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । विस्तृत परीक्षणका क्रममा मेरुदण्डमा फ्र्याक्चर भएको पुष्टि भएपछि शल्यक्रिया गरिएको हो ।

ल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र उहाँ चिकित्सकहरूको नियमित निगरानीमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

अर्थोपेडिक शल्यचिकित्सक डा. मधु पाण्डेको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रियामा डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल र डा। रोशन ग्वाछा सहभागी हुनुहुन्थ्यो । यसै साता डा. पाण्डेको नेतृत्वमा ५८ वर्षीया एक महिलाको घुँडा प्रत्यारोपण शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

लामो समयदेखि घुँडाको जोर्नी खिइने समस्याबाट पीडित ती बिरामीको स्वास्थ्य अवस्था शल्यक्रियापछि सुधारोन्मुख रहेको छ । दुवै बिरामी भक्तपुर जिल्लाका निवासी हुनुहुन्छ ।

अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले मेरुदण्ड तथा घुँडा प्रत्यारोपणजस्ता जटिल हाडजोर्नी शल्यक्रियाको सफलताले भक्तपुर अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा, शल्यक्रिया क्षमता तथा जटिल ट्रमा बिरामीको सुरक्षित उपचार गर्ने दक्षता थप सुदृढ भएको बताउनुभयो ।

डा। झाले शल्यक्रियामा संलग्न चिकित्सकहरूको यस्तो सफलताले अस्पतालप्रतिको बिरामीको विश्वास अझ बढ्नुका साथै आगामी दिनमा जटिल हाडजोर्नी तथा ट्रमा सेवाको विस्तार गर्न थप उत्साह र आत्मविश्वास प्राप्त भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles