टेलिकमद्वारा मामाघरलाई खाद्यान्न र लत्ताकपडा सहयोग

लोकप्रिय

खासकुरा सवाददाता
हेटौँडा, असार २३  गते । नेपाल टेलिकमले हेटौँडा उपमहानगरपालिका ११ स्थित मामाघर नेपाल मकवानपुरलाई एक लाख रुपियाँ बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ ।
सडक बालबालिका ब्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई नेपाल टेलिकम, उपक्षेत्रीय कार्यालय हेटौँडाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्गलबार सहयोग प्रदान गरेको हो ।
कार्यालयका निर्देशक दीपक कुमारको नेतृत्वको टेलिकम कर्मचारीहरु मामाघर नेपालमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा निर्देशक दिपक कुमारले मामाघर नेपालले सडक बालबालिकाकको क्षेत्रमा गरेका कार्यको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने बताउनुभयो ।
मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले कष्टकर जीवनयापन गर्दै आएका सडक बालिबालिकालाई मामाघरले उद्धार, पालनपोषण र पुनर्मिलन गराउँदै आएको बताउनुभयो ।
मामाघर नेपाल वि. सं २०६८ सालदेखि सञ्चालनमा रहेको छ ।

ताजा समाचार

Related Articles