वडा कार्यालयद्वारा फुटबल एकेडेमीलाई खेल सामाग्री सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २४ गते । हेटौँडा उपमहानगरपालिका ८ नं. वडा कार्यालयले कमाने फुटबल एकेडेमीलाई खेलकुदका सामाग्री सहयोग गरेको छ ।
वडा कार्यालयले फुटबल एकेडेमीलाई बुधबार एक कार्यक्रमका बिच करिब चार लाख रुपियाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
वडाध्यक्ष राम थापाले स्थानीय खेल प्रतिभा उत्पादन गर्ने उद्देश्यले एकेडेमीलाई खेलकुदका सामग्री सहयोग गरिएको बताउनुभयो ।

उहाँका अनुसार खेलकुद सामाग्री सहयोग अन्तर्गत प्रशिक्षणका लागि आवश्यक फुटबल खेलका विभिन्न अभ्यास सामग्रीहरू उपलब्ध गराइएको छ ।
वडाध्यक्ष थापाले वडा कार्यालय युवा, खेलकुद र सामाजिक विकास प्रति प्रतिबद्ध रहँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो ।
वडा कार्यालयले यसअघि वडामा नेवार समुदायको बाक्लो बस्ती रहेको देवनगर टोललाई नेवारी समुदायको कला, धर्म, संस्कृति तथा परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चाडपर्व तथा रितिरिवाजमा प्रयोग हुने नेवारी जातीय पोशाक तथा गरगहना उपलब्ध गराएको थियो ।
महिलाहरुका लागि हाकुपटासी र गरगहनाको सेट तथा पुरुषहरुको लागि दौरासुरुवाल सेट ११–११ थान उपलब्ध गराइएको वडाध्यक्ष थापाले बताउनुभयो ।
उहाँले वडा कार्यालयको सहयोगले नेवारी समुदायको मौलिक पहिचान जोगाउन तथा नयाँ पुस्तामा संस्कृति र परम्परा प्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles