मकवानपुर, असार २४ गते । हेटौँडा उपमहानगरपालिका वडा ४ मा स्कुटरको ठक्करबाट घाइते भएका सन्तोष दासको मृत्यु भएको छ । हेटौँडा –४ ओम्याक्स हल नजिकै सडक खण्डमा वर्ष ४८ को सन्तोष दास उभिरहेको अवस्थामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा ६ डुम्रेकुनास्थित घर भइ हाल हेटौँडा –४ नेपाल चौकमा डेराकोठामा बस्दै आएका थिए ।

१८ वर्षीय मनिष गौतमले चलाएको सिमाचौकतर्फ गईरहेको बा.प्र. ०३–०४४ प २३९६ नम्बरको स्कुटरले ठक्कर दिँदा दासको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गत शनिबार दिउँसो १ः०० बजे स्कुटरको ठक्करबाट सख्त घाइते भएका दासको बुधबार बिहान अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटना पछि स्थानीयको सहयोगमा तत्काल उपचारको लागि हेटौँडा अस्पतालमा आवश्यक उपचार पश्चात् थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंँमा पठाइएको थियो । स्कुटर चालक मनिष गौतमलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




