होटल सञ्चालक पक्राउ

लोकप्रिय

चितवन, असार २८ गते । बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउपर्नेमा खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो । श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि रु ५० हजार दिन्छु भन्दै प्रलोभन देखाएका थिए ।

उनले बालिकाको संवेदनशील अङ्गहरु छुने, बालिकाको ह्वाट्सप, इन्सटाग्रामलगायत सामाजिक सञ्जालमा सन्देश तथा भिडियो पठाउने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिनुभयो । श्रेष्ठलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

ताजा समाचार

Related Articles