गणतन्त्रबाटै समृद्धि प्राप्त गर्न सकिन्छः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, साउन २ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पछिल्लो समय गणतन्त्रप्रति भ्रम सिर्जना गर्ने काम भएको भन्दै गणतन्त्रबाटै समृद्धि प्राप्त गर्नसकिने बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका ६ मा रहेको बिपी गणेशमान स्मृति शान्ति पार्क(पिसपार्क) को शनिबार उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले जनतामा भ्रम फैलाउने कामभएको छ, गणतन्त्र गनायो भन्दै यो जनताको गौरवको व्यवस्था हो, सशस्त्र विद्रोह अन्त्य गरेर, शान्ति प्रक्रियामा गएर जनताको व्यवस्था ल्याइएको बताउनुभयो ।
प्रदेश भारि भयो भन्छन्, सामाजिक सञ्जालमा दुष्प्रचार फैलाउने काम भएको छ, यो गलत हो उहाँले भन्नुभयो, प्रदेशका बारेमा किन भ्रम फैलाएको हो भन्दा प्रदेशले धेरै काम गर्ने भयो, जनताको काम गर्ने भयो भनेर भ्रम फैलाउने काम गरिएको छ, यस्ता गलत कार्य नागरिकमा पक्षमा होइनन् । उहाँले भन्नुभयो, गणतन्त्र जनताको गौरवको व्यवस्था हो, नागरिकको लामो संघर्षबाट ।
मुख्यमन्त्री बानियाँले यो व्यवस्था गरिबको व्यवस्था बन्यो, सिप, तालिम र प्रविधि हस्तान्तरण गर्दै आएको छ बागमती सरकारले सरकार प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको सङ्ख्या घटाएर आठ कायम गरेको बताउनुभयो ।
उहाँलृ आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै १४ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर आठमा झारेको बताउनुभयो ।
उहाँले भन्नुभयो प्रदेश सरकारको मन्त्रालयहरुको ’सङ्गठन तथा व्यवस्थापन संरचना’ अनुसार छिट्टै कार्यविभाजन टुङ्गो लगाएर मन्त्री कायम हुने छ ।
उहाँले प्रदेश सरकारले विपन्न र जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, गरिब परिवारका लागि एक हजार घर बनाउनेलगायतका योजनाका साथ काम गरिरहेको भन्दै सङ्घीयताको माध्यमबाटै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।
रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धितालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष विजय पौडेल, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रबंशीलगायतले पार्कले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles