हेटौँडा, साउन २ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नकारात्मक टिप्पणी र देशको विकास नहुने बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा स्थित नवजीवन ज्योति क्लब भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बनियाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिलेको लोकतान्त्रिक व्यवस्था समाजका विपन्न, गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि स्थापना भएको भन्दै संघीयताका कारण ग्रामीण क्षेज्ञका नागरिकको पहुँचमा वृद्धिसँगै विकास पुगेको बताउनुभयो ।
उहाँले विपन्न समुदायका लागि प्रदेश सरकारले काम गर्दै आएको स्थानीय र प्रदेश सरकारको समन्वयमा पछिल्ला वर्षहरुमा विकास निर्माणका गतिविधिहरु तल्लो तहसम्म पुगेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर आठ कायम गरेको भन्दै सामाजिक सञ्जालमा पछिल्लो समय बढ्दो नकारात्मकता र गालीगलौजको संस्कृति उचित नभएको बताउनुभयो । कार्यक्रम क्लबका अध्यक्ष राज कुमार वास्तोलाको अध्यक्षतामा भएको थियो ।




