मधेश प्रदेशमा मन्त्रालयको संख्या घटाइँदै

लोकप्रिय

गौशाला (महोत्तरी), साउन २ गते । मधेश प्रदेश सरकारले साउन १५ गतेदेखि मन्त्रालयको संख्या घटाएर नौमा सीमित गर्ने भएको छ। सत्ता साझेदार दलबिच भएको सहमतिअनुसार मन्त्रालय पुनःसंरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर हुने भएको छ।

गठबन्धन दलबिच भएको सहमतिअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) ले तीन–तीन वटा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई वटा मन्त्रालय पाउनेछन्। मुख्यमन्त्रीसहित प्रदेश सरकारमा अब कुल नौ मन्त्रालय रहनेछन्। हाल भने तीनवटै दलको भागमा चार–चार मन्त्रालय रहेका छन्।

मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले मन्त्रालय संख्या घटाउने विषयमा सत्ता साझेदार दलबिच निरन्तर छलफल भइरहेको बताउनुभयो। मन्त्रालयको संख्या घटेपछि मन्त्रीहरूमा हेरफेर हुनु स्वाभाविक भए पनि यससम्बन्धी निर्णय पार्टीभित्रको छलफलपछि मात्र हुने उहाँले बताउनुभयो। उहाँले कांग्रेसका सबै मन्त्री परिवर्तन हुने चर्चा निराधार रहेको स्पष्ट पार्दै आवश्यकताअनुसार मात्र निर्णय गरिने बताउनुभयो।

ताजा समाचार

Related Articles