हेटौँडा, साउन ३ गते । प्रहरीले देशको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई पक्राउ गरेको छ ।
म्याग्दी, बेनी नगरपालिका ८ गणेश टोल बस्ने ५२ वर्षीय हिरा बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा बहादुर समेत १७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९१ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
धादिङ, निलकण्ठ नगरपालिका ३ पहरे चौतारा बस्ने ६१ वर्षीय डिल बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा डिल बहादुर समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ३५० रूपैयाँ र १६२ पत्ती तास सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका ३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा नवराज समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
म्याग्दी, बेनी नगरपालिका १० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगर समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ८१० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, देवचुली नगरपालिका १६ टागिकोटस्थित हस्पिटालिटी लिजर रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १६ बस्ने ४२ वर्षीय अमन अधिकारी समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ९ सय ५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




