माण्डु जलविद्युत् आयोजनाको पानी छान्ने जालीमा महिलाको शव फेला

लोकप्रिय

हेटौँडा, भदौ ७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ८ ईपास्थित माण्डु हाईड्रोपावरको पानी छान्ने जालीमा एक महिलाको शव फेला परेको छ ।
जलविद्युत् आयोजनाको पानी छान्ने जालीमा बागमती खोलाले बगाई ल्याएको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार फेला परेको पहिचान नखुलेको करिब ३५/४० वषीर्या महिलाको शव फेला परेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी निरीक्षकसहितको अनुसन्धान टोलीले घटनास्थल एंव शवको जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । शव परीक्षणका लागि हेटौँडा अस्पतालको शव गृहमा ल्याई राखिएको छ । मृतक महिलाको आफन्तहरु हालसम्म सम्पर्क नआएको र मृतकको आफन्त फेला परेमा शव सनाखत गर्न प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।
मृतक महिलाको हुलिया उचाई ५ फिट ३ ईन्च, ठिक्कको मोटो शरीर, कालो लामो कपाल, कलेजी रङ्गको ब्रा लगाएको, शरीर नाङ्गो अवस्थामा रहेको नामथर वतन नखुलेको अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।

 

ताजा समाचार

Related Articles