सांसद गौतमको २५ सदस्यीय सचिवालय

लोकप्रिय

हेटौँडा, भदौ ७ गते । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालय पुनर्गठन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट निर्वाचित गौतमको पुनर्गठित सचिवालयको सचिवालय प्रमुखमा किशोर अर्याल र स्वकीय सचिव समीर पौडेल रहनुभएको छ ।
गौतमको सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन भन्दै २५ सदस्यीय सचिवालय टोली पुनर्गठन गरिएको छ ।
पुनर्गठित सचिवालयको उप–प्रमुखद्वयमा टाकाराज थापा (सुरेश) र अर्जुनप्रसाद दाहाल, सदस्यहरुमा ध्रुबबहादुर विष्ट, हरि कुँवर, हरिहर खतिवडा, दिनेश फुयाल, सम्झना वस्ताकोटी, सम्झना पुडासैनी, अस्मिता न्यौपाने, अमर ढुङ्गाल, प्रेम लामिछाने, सुशान्त तिमल्सिना, दीपेन्द्र बस्नेत, नवीन विष्ट, राममणि न्यौपाने, जिना विष्ट राई, तिलक श्रेष्ठ, अमर गुरुङ, विवेक शर्मा कट्टेल, भानु गौतम, उमेश थापा, दिलबहादुर स्याङ्तान, राम बिडारी र तपेन्द्र गौतम रहनुभएको छ ।
पुनर्गठित टोलीले निर्वाचन क्षेत्रका नागरिकका समस्या, गुनासा तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै समाधानका लागि सक्रिय रूपमा पहल गर्ने जनाइएको छ ।
नागरिकले भोगिरहेका दैनिक समस्या, विकास निर्माण, सार्वजनिक सेवा तथा स्थानीय जनसरोकारका विषयलाई प्रत्यक्ष रूपमा पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानतर्फ अघि बढ्ने सचिवालयको मुख्य कार्यदिशा रहने बताइएको छ ।
टोलीले मकवानपुर–१ का विभिन्न क्षेत्र र समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर नागरिकका समस्या तथा आवश्यकताहरू पहिचान गर्ने र समाधानका लागि आवश्यक पहल गर्ने जिम्मेवारी निर्वाह गर्ने भएको छ ।
सचिवालयले जनताको आवाज सुन्ने मात्र नभई समस्या पहिचानदेखि समाधानका लागि पहल गर्नेसम्म सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा समाचार

Related Articles