प्रमुख सडक बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध

लोकप्रिय

काठमाडौँ, असोज ११ गते।  बागमती प्रदेशका प्रमुख सडक बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, परेवाभिर र टिडरासखानीमा पहिरो खस्नुका साथै चितवनको धारापानीमा सडक भासिएर यातायात ठप्प भएको छ । यसैगरी कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती र गोदावरी क्षेत्रमा पहिरो तथा रुख ढलेका कारण र मकवानपुरको खहरे खोल्सामा लेदो आई सडक अवरुद्ध भएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको घुमाउने, कालढुङ्गा र पिन्थलीवेशीमा सडक कटान तथा पहिरोका कारण यातायात ठप्प छ । सिन्धुलीको बालुवामा बाढीले बाटो अवरुद्ध बनाएको छ। रसुवागढी, त्रिशुली–मैलुङ र काठमाडौँ जोड्ने सडक खण्डमा पनि बाढीका कारण सवारीसाधन सञ्चालन हुन सकेको छैन।

ताजा समाचार

Related Articles