टौँडा, असोज २७ गते । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले ७१ औँ प्रहरी दिवस २०८३ को अवसरमा मङ्गलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन एवम् नेपाल रेडक्रस सोसाईटीका स्थानीय शाखासँगको समन्वयमा आयोजना गरीएको रक्तदान एवम स्वास्थ्य परीक्षण कार्यक्रममा ३० जना संरक्षित बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

बालबालिकाहरुको विशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य एवम् रक्त परीक्षणसँगै प्राथमिक उपचारको लागि आवश्यक औषधी समेत उपलब्ध गराएको छ । चितवन एभरेष्ट हस्पिटल र सगरमाथा ल्याबसँगको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । प्रहरी दिवसमा नेपाल पुलिस स्कुल चितवनले संरिक्षत बालबालिकाहरुलाई विद्यालय ब्याग, शैक्षिक सामाग्रीलगायत प्रदान गरिएको छ ।