हेटौँडा, असोज २७ गते । नेकपा एमाले केन्द्रीय सदस्य भारती पाठकले सुशासनको एजेण्डा लिएर बनेको सरकारले मुलुकमा भोगिरहेको विपत्तिको व्यवस्थापन गर्न नसकेको बताउनु भएको छ ।

दलहरू र अन्य तहसँग पनि समन्वय नगर्ने, सरकारी संयन्त्र पनि प्रभावकारी सञ्चालन नगर्ने र समस्यामा गम्भीर नहुदा सरकार गैरजिम्मेवार बनेको बताउनु भयो । चार्डपर्वको अवसरमा एमालेले मकवानपुरगढीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले पार्टी नेता र कार्यकर्ता एकताबद्व भएर जनताको सुख र दुस्खमा सहभागी बन्दै पार्टी काममा जुट्न आग्रह गर्नुभयो ।
एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले स्थानीय तहमा एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनु भयो । एमालेको पहिलो प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको नौ महिने सरकारदेखि २०७४ सालपछिको एमालेको नेतृत्वको केपी ओलीको सरकारसम्मले स्थानीय विकासलाई प्राथमिकता दिएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश लेखा कमिटीका सचिव हरिप्रसाद कंडेल, सचिवालय सदस्य मेम्बर लो, पालिका कमिटीका उपाध्यक्ष चन्द्र योञ्जनलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सचिवालय सदस्य विदुर हुमागाई, खिलप्रसाद चौलागाई, रामजी सापकोटा, शारदा तिमल्सिना, मकवानपुरगढी गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष भागवत घिमिरे, ४ नं. वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिनालगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।




