हेटौँडा, असोज २७ गते । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा शाहीले सबैभन्दा बढी ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएको हो । उहाँसहित ५ जना उम्मेदवार हुनुहुन्थ्यो ।
त्यस्तै, पिछडिएको क्षेत्रबाट खुला केन्द्रीय सदस्य पदमा दीपक जंगशाह निर्वाचित हुनुभएको छ । उहाँले २ हजार २ सय ६१ मत प्राप्त गर्नुभयो । उहाँसहित ५ जना उम्मेदवार हुनुहुन्थ्यो । यसैगरी, पिछडिएको क्षेत्रबाट महिला केन्द्रीय सदस्य पदमा सुशीला बम निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो । उहाँसहित तीन जना उम्मेदवार हुनुहुन्थ्यो ।




