कांग्रेस केन्द्रीय सदस्यमा मकवानपुरकी उमा दाहाल निर्वाचित

लोकप्रिय

काठमाडौँ, असोज २७  गते । महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित हुनुभएको हो ।

उर्मिला थपलियाले तीन हजार ९७०, निमा गिरीले तीन हजार ९०६, कुसुमदेवी थापाले तीन हजार २५०, धनाकुमारी खतिवडाले तीन हजार २३१ मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी, विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनु भयो ।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुन ३६ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

 

ताजा समाचार

Related Articles