खासकुरा संवाददाता
हेटौँडा, कात्तिक ११ गते । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका–४ का वडा सभापति अशोक लामा गलानले ‘एफसी मन्छाप’ क्लबलाई खेलकुद पोसाक (जर्सी) सहयोग गर्नुभएको छ ।
वडा सभापति गलानले आफ्नै व्यक्तिगत खर्चमा क्लब आबद्ध खेलाडीहरूका लागि आवश्यक खेलकुद पोसाक उपलब्ध गराउनुभएको हो । गाउँघरमा लुकेर रहेका युवाहरूको प्रतिभा, खेलप्रतिको लगाव र क्षमतालाई कदर गर्दै गरिएको यो सहयोगले खेलाडीहरूमा नयाँ ऊर्जा र थप हौसला पुग्ने विश्वास गरिएको छ ।

जर्सी हस्तान्तरण कार्यक्रमपछि एफसी मन्छापका खेलाडीहरू तथा क्लबका पदाधिकारीहरूले वडा सभापति गलानलाई धन्यवाद दिएका छन् । क्लबले गलानको सहयोगले खेलाडीहरूको मनोबल उच्च बनाउन ठुलो टेवा पुगेको जनाएको छ ।
स्थानीय युवा र खेलकुद क्षेत्रको विकासका लागि व्यक्तिगत रूपमा सहयोग गरिएको कांग्रेस वडा सभापति अशोक लामा गलानको भनाई छ ।
उहाँले राजनीतिलाई केवल पद र प्रतिष्ठाको सिँढी मात्र ठान्ने प्रवृत्ति भन्दा माथि उठेर समाजका विभिन्न रचनात्मक तथा जनसरोकारका क्षेत्रमा सकारात्मक योगदान पु¥याउनु पर्छ भन्ने मान्यताका साथ क्लबलाई सहयोग गरिएको बताउनुभयो ।




