सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

लोकप्रिय

हेटौँडा, कात्तिक १७ गते । सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मिति १७ गते बिहान करिब ०८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीन जना सवार रहेका थिए । मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ ।
घाइते हुनेहरूमा न्युजिल्यान्ड घर भएका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. रहेका छन् ।
घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।
त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

ताजा समाचार

Related Articles