घुस लिने नायब सुब्बा पक्राउ

लोकप्रिय

काठमाडौँ, कात्तिक १९ गते । भूमि प्रशासन कार्यालय, मलंगवा सर्लाहीका नायब सुब्बा निर्मल तिमल्सिना पक्राउ पर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मोही कायम भएका जग्गाहरु नामसारी गराउने कार्यका लागि घुस माग गरी एक लाख रुपियाँ रकम लिइसकेको अवस्थामा आयोगको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो ।

विशेष अदालतको बिहीबारको आदेशबाट तिमल्सिनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भइ अनुसन्धान कार्य अगाडि बढाइएको आयोगले जनाएको छ ।

ताजा समाचार

Related Articles