वायोग्याँस प्लान्ट सञ्चालनमा

लोकप्रिय

काठमाडौँ, मङ्सिर ११ गते । जलवायु कार्य सप्ताह अन्तर्गत ल्याण्डफिल साइटबाट उत्सर्जन हुने मिथेन ग्याँसको मात्रा घटाउने कामको थालनी गरिएको छ ।
टेकु ट्रान्सफर स्टेशन परिसरमा भएको वायोग्याँस प्लान्ट बिहीबारबाट परीक्षणका लागि सञ्चालनमा आएको छ ।
काठमाडौँ जलवायु कार्य सप्ताहको अवसरमा पारेर काठमाडौँ महानगरपालिकाले प्रणालीलाई पुनःसञ्चालनमा ल्याएको हो । प्राविधिक कारणले लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगरपालिकाले गएको साउन १८ गते वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँग सम्झौता गरेको थियो । केन्द्रले विश्व बैङ्कसँग सहयोगमा करिब १ करोड ८० लाख रुपियाँ लागतमा प्रणालीलाई थप परिष्कार गरेपछि सञ्चालनमा आएको हो ।
प्रणालीलाई उर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोलको रोहवरमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई प्रणाली हस्तान्तरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles