व्यापार महोत्सव सम्पन्न

लोकप्रिय

हेटौँडा, फागुन १८ गते ।
निर्माण व्यवसायी सङ्घ मकवानपुरले हेटौँडामा आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ सम्पन्नभएको छ ।
महोत्सवको आइतबारभएको समापन कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले उद्योगीहरुले निर्माण सामग्रीमा गरेको कालोबजारीका कारण निर्माण उद्योगमा समस्या आएको बताउनुभयो ।
उहाँले सिमेण्ट, फलामे छडलगायतका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुले कृतिम अभाव सिर्जना गररे मूल्य वृद्धि गरेको आरोप लगाउनुभयो ।
निर्माण सामग्री उद्योगीले गरेको कालोबजारी, मूल्य वृद्धि र कार्टेलिङ गरेका छन् अध्यक्ष सिंहले भन्नुभयो यसबाट नागरिकसँगै निर्माण व्यवसायीसमेत मारमा परेका छन् ।
बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले निर्माण व्यवसायीले समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमा सम्पन्न गर्दा राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले महोत्सव अवधिमा एक लाख अवलोकनकर्ताले महोत्सवको अवलोकन गरेको र करिब छ करोड रुपियाँ बराबरको कारोवारभएको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा फागुन ६ गतेबाट सुरुभएको महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, सूचना प्रविधि, कपडा, विभिन्न खानाका परिकार, हस्तकलालगायत उत्पादनको बिक्री तथा प्रदर्शनीका लागि राखिएको थियो ।

ताजा समाचार

Related Articles