विकासका लागि काँग्रेस एमालेको सरकार

लोकप्रिय

सोलुखुम्बु । देश विकासका लागि काँग्रेस एमालेको सरकारको गठन भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दाबी गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले सोमबारदेखि आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वको सरकारले जनताको हितमा उल्लेखनीय रुपमा काम गरेको बताउनुभयो ।

देश विकासका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर तीव्र रुपमा काम गरिरहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । वर्तमान सरकारले नै सहकारीमा फसेका १४ हजार भन्दा धेरै नागरिकको डुबेको रकम फिर्ता गरिसकेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीबाट हटे लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपाल बङ्गलादेश जस्तो हुने भन्दै आरोप लगाए पनिको हाल मुलुक विकासमा अघि बढेको नेता ज्ञवालीले बताउनुभयो । प्रचण्डले आफू प्रधानमन्त्रीबाट हटेसँगै कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने भन्दै भ्रमको खेती गरेको उहाँले बताउनुभएको छ ।

ताजा समाचार

Related Articles