मकवानपुरको बकैयामा लालपुर्जा वितरण गरिँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३० गते ।
मकवानपुरको बकैया गाउँपालिकामा लालपुर्जा वितरण गरिनेभएको छ ।
भूमि समस्या समाधान आयोग मकवानपुरले लालपुर्जा वितरणका लागि तयारी पुरा गरेसँगै लामो समयदेखि समस्याका रुपमा रहेको लालपुर्जा वितरणका लागि बाटो खुल्नेभएको छ ।
आयोगको मकवानपुर कार्यालयले लालपुर्जासम्बन्धी सबैभन्दा बढी समस्या रहेको मकवानपुरको बकैया गाउँपालिकाबाट लालपुर्जा वितरणको सुरु गर्नेभएको हो ।
भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले बकैया गाउँपालिका वडा नं. ४ र ७ मा पहिलो चरणमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीसहित ६१ जनालाई लालपुर्जा वितरणको तयारी पूराभएको जानकारी दिनुभयो । उहाँले सोही स्थानमा लालपुर्जा दिन तयारी गरिएका दुई जनाको जग्गा द्रुतमार्गमा र परेको र अन्यत्रपनि जग्गा पाइएपछि पुर्जा नदिने निर्णयमा पुगेको सुनाउनुभयो । आयोगबाट तयार भएको लालपुर्जा वितरणका लागि बकैया गाउँपालिकोलाई हस्तान्तरण गरिएको छ ।
उहाँका अनुसार विगतमा लालपुर्जा नपाएकोको पहिचान गरी जग्गा जग्गा नापी गरेर राखेपनि लगत कम्प्युटरमा प्रविष्ट नभएकोले अहिले समस्या भएको छ । पुर्जाका लागि फाराम भरेका कतिपयको फाराम भरेपनि नापी नभएको र नक्सासमेत फेला नपरेको अवस्था छ ।
आयोगको मकवानपुर कार्यालयले लालपुर्जा वितरणका लागि सहजीकरण गर्ने क्रममा जिल्लाका भीमफेदी गाउँपालिका बाहेकको नौ वटा स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरुसँग अन्तक्रिया सम्पन्न गरेको छ । पछिल्लो पटक आयोगले हेटौँडा उपमहानगपालिकाका नगरप्रमुख मीनाकुमारी लामालगायतका जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल गरेको छ । लालपुर्जाका लागि मकवानपुरमा २३ हजारभन्दा बढीको आवेदन परेको आयोगले जनाएको छ ।

ताजा समाचार

Related Articles