खासकुरा संवाददाता
हेटौँडा, वैशाख ५ गते ।
धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ चालिसेस्थित एक होटलमा मरेको खसी काटेर राखेको अभियोगमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भेरी होटल एण्ड लजमा दाङबाट काठमाडौँ आउदै गरेको ना ७ ख ८३१७ नं. को बसमा १६ वटा खसी ल्याईएकोमा ११ वटा खसी ल्याउने क्रममा मरेको र उक्त मरेका खसीहरु सोही होटलमा काटेर राखेको अभियोगमा होटल सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बस कर्मचारीहरु दाङ तुलसीपुर उपमहानगरपालिका १७ बस्ने वर्ष ३३ का कृष्ण बुढाथोकी, वर्ष ३१ का दिलिप डांगी, तुलसी उपमहानगरपालिका ३ बस्ने वर्ष ३३ को ठाकुर वली, खसी साहु सल्यान कपुरकोट गाउँपालिका ५ बस्ने वर्ष १७ को शुसील सुमेकर र भेरी होटल संचालक धादिङ धुनिवेशी नगरपालिका ६ चालिसे बस्ने वर्ष ४० की मुना बस्नेत रहेका छन् । घटनको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।