शिक्षकको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलान जारी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन माग गर्दै सुरु गरेको आन्दोलन जारी रहेको छ ।     
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि सुरुभएको आन्दोलन आइतबार १९ औँ दिन पनि जारी रहनेभएको हो ।
शिक्षकहरुले गत चैत २० गतेबाट राजधानी केन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल सुरु गरेका थिए ।   
सरकारले शिक्षकमा जायज माग पूरा नगरेकोले आज आइतबार १९ औँ दिन पनि आन्दोलन जारी रहेको नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईले जनाकारी दिनुभयो ।
सरकारसँग पटक पटक मागका बारेमा छलफल र वार्ता भएपनि आश्वस्त हुने आधार र वातावरण नबनेका कारण आन्दोलन जारी रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, आन्दोलनमा सहभागी हुन देशभरबाट शिक्षक कर्मचारी थपिने क्रम जारी छ ।           
मागका सम्बन्धमा गत साता प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग शिक्षक महासङ्घले चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा छलफल गरी आफ्ना धारणा राखेको थियो ।          शिक्षक महासंघले शिक्षकको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलान उत्कर्षमा पुगेको भन्दै आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा लिने, ग्रेड वृद्धि गर्ने परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ । आइतबार माइतीघर मण्डलालगायतका स्थानमा बिहान ९ः०० बजे उपस्थित भएर ब्यानरसहित शान्तिपूर्ण सडक प्रदर्शनमा सहभागी हुन अनुरोध शिक्षक महासंघ, शिक्षक संघसंगठनले आग्रह गरेका छन् । 

ताजा समाचार

Related Articles