गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु

लोकप्रिय

ताप्लेजुङ, वैशाख ८ गते । ताप्लेजुङमा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागी हुँदा सोमबार बिहान चार जनाको मृत्यु भएको छ ।        सदरमुकाम फुङ्लिङदेखि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका १० सेवारो चोकमा बिजुलीको नाङ्गो तार खसेर आगोलागी हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।
मन्दिर जाने क्रममा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ७० का विनोद पौडेल र उहाँको श्रीमती वर्ष ६९ की सरिता पौडेल रहेका छन् ।
गाडीमा छ जना सवार रहेकोमा अन्य घाइते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक आध्या घाइते साविनाको छोरी तथा सरिता र विनोद पौडेल साविनाको बुबा आमाभएको जनाइएको छ ।

ताजा समाचार

Related Articles