हेटौँडा, वैशाख ८ गते । थाहा नगरपालिका १ बाट आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले बाबुलाई पक्राउ गरेको छ ।
आफनै छोरी वर्ष १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा ३६ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।
छोरीलाई ललाई फकाई गरी घरदेखि कपरव ३÷४ कि.मि पश्चिम तर्फ रहेको जङगलको छेउमा लगी जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरमा आइतबार साँझ जाहेरी दरखास्त प्राप्त भएको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरका प्रहरी निरीक्षक सबिन बाबु अर्यालले जानकारी दिनुभयो । निवेदन प्राप्त भएपछि प्रहरी निरीक्षक अर्यालको नेतृत्वमा गएको प्रहरी टोलीले बलात्कारमा संलग्न बाबुलाई नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक अर्यालका अनुसार बलात्कारमा परेकी बालिकाको आमाले सानैमा छाडेर गएपछि बाबुले दोस्रो विवाह गरेकी आमा र बाबुसँग बस्दै आएकी थिइन् ।
बालिकाले बाबुबाट पटक पटक बलात्कारमा परेको आफन्तलाई सुनाएपछि आफन्तको सहयोगमा प्रहरीमा उजरी दिन पुगेकी थिइन् । हाल बालिकालाई फुपुको संरक्षणमा राखिएको छ ।