क्यानले ‘कोर क्याम्प’ गर्ने

लोकप्रिय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको तयारीका लागि ‘कोर क्याम्प’ गर्ने भएको छ ।
पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको भए पनि अब यु–१९ का तीन खेलाडी थप गरि ५२ खेलाडी पुर्‍याइएको छ । नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव टोलीमा थपिएका छन् ।
क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गरिएको छ । प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा यी खेलाडीबीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ जसबाट अन्तिम टोली छनोट प्रक्रिया अगाडि बढाइनेछ ।
आउँदो अप्रिल २६ देखि मे ३ सम्म मुलपानीका दुवै क्रिकेट मैदानमा यो क्याम्प हुनेछ ।

ताजा समाचार

Related Articles