पुटिनले गरे युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव

लोकप्रिय

मस्को । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष रुपमा द्विपक्षीय कुराकानी गर्न तयार रहेको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।
रसियाली टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले शान्तिका प्रयासलाई आफुले सधैँ सकारात्मक रुपमा लिएको र त्यस्तै अनुभूति युक्रेनी नेताले गरेको हुनुपर्ने बताउनुएको हो ।
यस सम्बन्धमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुनै प्रतिक्रिया नदिएपनि आफ्ना नागरिकको सुरक्षाकालागि वार्ता गर्न सधैं तयार रहेको बताउनुभएको छ ।
राजधानी मस्कोबाट आफुले स्पष्ट जवाफको खोजीमा रहेको पनि जेलेन्स्कीले उल्लेख गर्नुभएको छ ।
रसियाले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेयता दुई पक्षबीच कुनैपनि वार्ता भएको छैन ।
यसै साता युक्रेनले अमेरिका र युरोपेली मुलुकसँग लण्डनमा वार्ता गर्ने तयारी गरिरहेको छ । साथै दुबै मुलुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तिव्र दबावमा परेका छन ।

ताजा समाचार

Related Articles