दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
हेटौँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाइतेभएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ नवलपुर सडकखण्डमा थानाभ¥याङ तर्फबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३–०१३ प ४९२१ को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइतेभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल तिव्र गतिको कारण अनियन्त्रित भई सडक सुरक्षाको लागी राखिएको सडक छेउको पोलमा ठोक्किन गई सडकबाट करिब ५० फिट तल खसी दुर्घटना हुँदा चालक हेटौँडा ११ नवलपुरका मोटरसाइकलमा सवार उमेश तामाङको मृत्युभएको हो । मोटरसाइकल चालक हेटौँडा ११ नवलपुर बस्ने वर्ष ३६ को रोहित भन्ने मानबहादुर रुम्बा र पछाडि सवार सोही स्थान बस्ने वर्ष २४ का उमेश तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवै जनालाई सिएमसी चुरेहिल अस्पताल हेटौँडा पठाएकोमा बुधबार राति २३ः१० बजे अस्पताल पुग्ना साथ डाक्टर तामाङलाई सरले मृत्यु घोषणा गर्नु भएको प्रहरीको भनाई छ ।
यस्तै हेटाँैडा ४ स्थित निर्माण व्यवसायी संघ नजिकै भित्री सडक खण्डमा हुप्राचौरबाट भैरबरोडतर्फ जाँदै गरेको ना ३४ प ११८१ नं. को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइतेभएका छन् ।
मोटरसाइकल चालक हेटौँडा ६ हात्तीलेटका वर्ष २० का नवीन गौतम, मोटरसाइकल पछाडि सवार हेटौँडा १६ हटिया चिसापानीका वर्ष २३ का प्रविन दाहाल र पैदलयात्री हेटौँडा ४ हुप्राचौरका वर्ष ४० की सरिता दराई घाइते हुनुभएको प्रहरीले जनाएको छ । तीनै जना घाइतेको हेटौँडा अस्पतालमा उपचारभएको छ ।

ताजा समाचार

Related Articles