दवाव र प्रभावमा परेर काम नगर्नुस्ः मन्त्री लामिछाने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोवजनामा नुवाकोट जिल्लाको विदुरमा सुरक्षा समितिहरुको समन्वयात्मक बैठक सम्पन्नभएको छ ।
मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको सो समन्वयात्मक बैठकमा रसुवा, धादिङ र नुवाकोट जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बैठकमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई सबलीकरण गर्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । उहाँले सुरक्षा निकायलाई कसैको प्रभाव र दवावमा परेर नभई जनताका आकांक्षा र आवश्यकताका आधारमा नागरिकको शान्ति सुरक्षा र सेवालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
बैठकमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल , धादिङका प्रजिअ सुमन घिमिरे, नुवाकोटका प्रजिअ शशीधर घिमिरे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुरक्षा महाशाखा प्रमुखको उपस्थिति रहेको थियो ।
मन्त्रालयको आयोजनामा भएको सो बैठकमा तीनै जिल्लाका प्रजिअले जिल्लाको विषयवस्तु, सुरक्षा चुनौतिहरु र सुरक्षा व्यवस्थाका लागि प्रदेश सरकारसँगको अपेक्षा बारे भनाई राख्नु भयो । विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, लागूऔषध, सडक दुर्घटना, साइवर अपराध, सुरक्षा निकायको पूर्वाधार अभाव, विकास निर्माण, आत्महत्या र लैंगिक हिसा र गौरव योजनामा आउने विवाद र समस्या बारे चर्चा गरिएको थियो ।
बैठकले तीनवटै जिल्लाका बिच समन्वय र सहकार्यमा कार्यहरु अघि बढाउने सहयोग पुग्ने सहभागीहरुको धारणा रहेको थियो ।
साथै, खुल्ला कारागारमा बागमती प्रदेश सरकारबाट विनियोजित लघु उद्यम कार्यक्रम, कैदीबन्दीको अवस्था र कारागारको भौतिक संरचनाका बारेमा मन्त्री लामिछानेले जानकारी लिनुभएको थियो ।

ताजा समाचार

Related Articles