भुटनदेवी माविमा व्यावसायिक तालिम शुरू

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयले विद्यार्थीलाई लक्षित गरी व्यावसायिक तालिम सुरु गरिएको छ ।
विद्यालय तहबाट नै विद्यार्थीहरुलाई व्यावसायिक ज्ञान, सिप र शिक्षा दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
हेटौँडा उपमहानगरपादिका वडा नं. ४ का वडाध्यक्ष नीवन सिग्देलले तालिमको उद्घाटन गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको चौतर्फी विकासको लागि व्यावसायिक सीप सम्बन्धी तालिम विद्यालयको आन्तरिक श्रोतबाट आयोजना गरिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका सिग्देलले विद्यालयले सैद्वान्तिक ज्ञानसँगै विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आईरहेको भन्दै फरक पहिचानसहित शिक्षाको गुणस्तर सुधार गर्नु आवश्यकभएकोमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक माधव दाहालले विद्यालयले सैद्वान्तिक शिक्षासँगै, अतिरिक्त क्रियाकलाप र सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको सुनाउनुभयो ।
तालिममा हेयर कटिङ, बेसिक व्युटीपार्लर र बेसिक ईलेक्ट्रिसियन २०–२० जना गरी ६० जना विद्यार्थीको सहभागिता रहेको सहायक प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षकद्वय किरण अधिकारी र ज्ञानेन्द्र देवकोटाले तालिमको महत्ववारे प्रकाश पार्नुभएको थियो ।

ताजा समाचार

Related Articles