खासकुरा संवाददाता
हेटौँडा, वैशाख १३ गते ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ ।
शनिबार बिहान ८ः०० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. ५ पुष्पलाल पार्क अगाडि भित्री सडक खण्डमा कमलडाँडातर्फबाट हेटौँडा बजारतर्फ आउने क्रममा प्र.३–०३–००१ प. ५८०७ नं. को स्कुटर दुर्घटना हुँदा एमाले अध्यक्ष हेटौँडा ४ कमलडाँडा निवासी ६२ वर्षीय पोखरेल गम्भीर घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार स्कुटर एक्कासि ब्रेकफेल भएर अनियन्त्रित भई दुर्घटनामा एमाले अध्यक्ष पोखरेल गम्भीर घाइते हुनुभएको हो । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दाँया हातमा चोट लागेको अवस्थामा स्थानीयले उद्धार गरी उपचारको लागि हेटौँडा अस्पतालमा पु¥याएका थिए । प्रहरी उपरीक्षक अर्यालले एमाले अध्यक्षलाई अचेत अवस्थामा हेटौँडा अस्पतालको आइसियू कक्षमा उपचारका लागि लगिएकोमा अहिले होसमा आउनुभएको जनाएको छ ।
