शिक्षकको सडक आन्दोलन २७ औँ दिनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १५ गते ।
नेपाल शिक्षक महासंघको आन्दोलनमा शैक्षिक सडक आन्दोलन २७ औं दिन पनि जारी छ ।
आइतबारको आन्दोलनको क्रममा सरकारले हस्तक्षेप गरेपछि सोमबारको आन्दोलनलाई थप सशक्त बनाइने महासंघले जनाएको छ ।
आइतबार भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारी माथि भएको आक्रमण र ज्यादतीको शिक्षक महासृंघले भर्सत्ना गरेको छ ।
साथै उक्त आक्रमणमा परी घाइते हुनु भएका सबै शिक्षकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । उक्त घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँंग जोडदार माग गरिएको छ ।
आन्दोलन परिचालन समिति, मकवानपुरले जिल्लामा रहनु भएका बाँकी सबै शिक्षक कर्मचारीलाई काठमाडौँ आएर आन्दोलनमा अनिवार्य सहभागी हुन अनुरोध गरेको छ ।
यसैबिच नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले काठमाडौँआउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगीसक्दा पनि अझै तपाईहरु घरमै बसीरहन कसरी सक्नु भएको छ भन्दै प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभएको के आन्दोलनकारी साथीको पिडाले तपाईंलाई घोच्दैन ?आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौँ आउनुहोला । सोमबार पनि बिहान ११ बजे काठमाडौँको माइतघर मण्डलामा जम्मा भएर शान्तिपूर्ण  रुपमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

ताजा समाचार

Related Articles