यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १५ गते । हेटौँडा उपमहानगरपालिका ८ एचआइडी सडक खण्डमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रुको मृत्युभएको छ ।
बसको ठक्करबाट घाइतेभएका पर्सा सखुवा पर्सौनी गाउँपालिका ३ कटैया बस्ने परबेज अन्सारीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा ८ स्थित एचआईडी सडक खण्डमा गएराति २३ः४० बजेको समयमा पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नं. को यात्रु बाहक बसले सडक पार गर्दै गरेको अवस्थामा ३६ वर्षीय अन्सारीलाई ठक्करबाट गम्भिर घाइते भएपछि तत्काल उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाइएकोमा सोमबार बिहान १ः१३ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जानकारी दिनुभयो ।
ठक्कर दिने बस फरार रहेकोमा बारा प्रहरीसँग समन्वय गरी अमलेखगंजबाट बिहान ३ः०० बजे बसका चालक उदयपुर कटारी नगरपालिका २ बस्ने वर्ष ३९ का युवराज माझीलाई बससहित नियन्त्रणमा लिईएको उहाँको भनाई छ ।
मृतक अन्सारी ना५ख ८६६८ नम्बरको ट्रकका धनी भएको र निजको उक्त ट्रक सोही क्षेत्रमा बिग्रिएर मर्मतको लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पु¥याउन पैदल जाने क्रममा बसको ठक्करबाट मृत्युभएको खुल्न आएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles