काठमाडौँ, वैशाख १५ गते ।
नेपाल प्रहरीले ६३ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । सोमबार सरुवा/काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी गण, पोखराबाट प्रहरी उपरुीक्षक अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ ।
प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा र अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको छ ।
यस्तै प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा र ठाकुर प्रसाद पोखरेलको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।










