सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले वैशाख १९ गते संवोधन गर्ने

लोकप्रिय

काठमाडौँ, वैशाख १५ गते।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्नु हुनेभएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि बैठकेको मा निर्णयको बारेमा जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो कुरा बताउनुभएको हो ।
सञ्चार मन्त्री गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ः०० बजे सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्ने छन् ।
मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उहाँले जानकारी दिनुभया ।

ताजा समाचार

Related Articles