वैशाखको अन्तिम साता हेटौँडामा बागमती प्रदेश युवा सम्मेलन हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १७ गते ।
प्रदेश युवा परिषद् बागमतीको आयोजनामा यही वैशाखको अन्तिम साता हेटौँडामा बागमती प्रदेश युवा सम्मेलन २०८२ हुनेभएको छ ।
वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन चल्ने सम्मेलनमा सहभागिताका लागि अनलाइनमार्फत आज बुधबारसम्म आवेदन दिन सकिने परिषद्ले जनाएको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण” भन्ने मूल नाराका साथ हुने युवा सम्मेलनामा युवाको क्षमताका विभिन्न पक्षमाथि छलफल हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार अनलाईन आवेदनका आधारमा सहभागी छनोट गरिने छ । छनोट भएका सहभागीको नामावली परिषदको फेसबुक पेज र वेबसाइटमा प्रकाशित गरिने भएको छ ।
प्रदेश युवा परिषद्ले गर्न लागेको यो तेस्रो प्रदेश युवा सम्मेलन हो ।
सम्मेलनका सहभागीहरु १६–४० उमेर समूहको हुनु पर्ने व्यवस्था गरिएको छ ।
कुनै व्यवसाय, पेशा र उद्यममा आवद्धता भएको सहभागीहरुलाई प्राथमिकतामा राखिने भन्दै उहाँले यसअघिका बागमती प्रदेश युवा सम्मेलनमा सहभागी नभएको हुनु पर्ने बताउनुभयो ।
साथै कार्यक्रम अवाधिभर सहभागीहरुको पूर्ण सहभागिता हुनु पर्ने छ भने कार्यक्रमस्थल हेटौँडासम्म यातायातको व्यवस्थापन सहभागी स्वयंले गर्नु पर्नेछ ।

ताजा समाचार

Related Articles